Logo
Logo

जीप दुर्घटनामा पाँच जनाको मृत्यु, दुई घाइते


- दृष्टि न्युज/संवाददाता


गुल्मी, १२ मंसिर । गुल्मीमा शुक्रबार (आज) बिहान जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटानमा दुई जना गम्भीर घाइते भएका छन् । इश्मा गाउँपालिका–४ बाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु१ज ११६६ नम्बरको जीप दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा इश्मा–४ हुलका डम्बरबहादुर हितान, सुन्दरी थापा, शिवबहादुर दर्लामी, धनबहादुर अछामी, बसन्त दर्लामी रहेको गुल्मी प्रहरी नायव निरीक्षक मोहनलाल अधिकारीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाइते भएका सरस्वती दर्लामी र फर्सु थापाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई जिल्ला अस्पताल गुल्मी पठाइएको छ । ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । दुर्घटनामा जीप भिरबाट ४ सय मिटरभन्दा तल खसेको थियो । जीपका चालक सकुसल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्