Logo
Logo

संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग बनाउनुपर्छ : केसी


315
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान संशोधनका लागि सुझाव दिन आयोग गठन गरिनुपर्ने बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजले आइतबार काठमाडौँमा आयोजना गरेको ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा केसीले आयोगले संसदभित्र र बाहिर रहेका सबै राजनीतिक पक्षलाई संयोजन गरेर सुझाव दिनुपर्ने बताए । संविधानले कुनै पार्टीका इच्छा मात्र नेतृत्व गर्नु नहुने र राष्ट्रिय बहस आवश्यक रहेको उनले बताए ।

‘एउटा कुनै पूर्वप्रधानन्यायाधीशको अथवा त्यत्तिकै राष्ट्रले चिनेको संविधानविद र विज्ञको संयोजकत्वमा संविधान सुधार सुझाव आयोग गठन होस्,’ केसीले भने, ‘संविधानले कुनै पार्टीका इच्छा र अभिमतलाई मात्र नेतृत्व नगरी व्यवहारमा देखिएका त्रुटि कमजोरी समेतलाई केन्द्रबिन्दुमा राखेर संविधानबारे राष्ट्रिय रूपमा बहस चलाउनुपर्छ ।’

यस विषयमा आफूले कांग्रेसका सभापति र महामन्त्रीलाई समेत सुझाव दिइसकेको केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्