Logo
Logo

फेरि काठमाडौं उडान गर्दै कुवेत एयरवेज


378
Shares

काठमाडौं । कुवेत एयरवेजले पुनः काठमाडौं उडान सुरु गर्ने भएको छ । कुवेत–काठमाडौं–कुवेत रुटमा साताको दुई उडान गर्ने गरी उडान पुनः सुरु गर्न लागिएको कुवेत एयरवेजले जनाएको छ । पश्चिम एसियामा जारी युद्धका कारण कुवेत–काठमाडौं उडान रोकिएको थियो ।

कुवेतले मंगलबार र बिहीबार गरी सातामा दुई उडान तालिका सार्वजनिक गरेको छ । कुवेतले आफ्नो वेबसाइटमा राखेको मूल्य अनुसार काठमाडौं–कुवेत रुटको भाडा न्यूनतम ९ सय ११ अमेरिकी डलर (१ लाख ४० हजार रुपैयाँ हाराहारी) एकतर्फी भाडा तय गरिएको छ ।

कुवेत धेरै नेपाली कामदार रहेका देशमध्ये एक हो । त्यहाँबाट कुवेत र जजिरा एयरवेजले नियमित काठमाडौं उडान गर्दै आएका थिए । पश्चिम एसिया युद्धले उडान प्रभावित बनेसँगै कुवेतसँगको हवाई सम्पर्क समेत टुटेको थियो ।

प्रतिक्रिया दिनुहोस्