Logo
Logo

अधिनायकवादविरुद्ध प्रतिवाद गर्न युवालाई एमालेको आह्वान


0
Shares

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाबीचको सन्तुलन खल्बल्याउने प्रयास गरिरहेको आरोप लगाउँदै युवाहरूलाई सरकारको अधिनायकवाद विरुद्ध संगठित भएर आन्दोलनमा उत्रिन आह्वान गरेका छन्।

३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आह्वान गरेका हुन्। उनले सत्तारुढ दल र सरकारबाटै प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुन नपर्ने खालको परिपाटी विकास गर्न खोजिएको आरोप पनि लगाए। सरकारले सर्वोच्च अदालतको नेतृत्व गोजीबाट निकाल्ने प्रयत्न गरेको समेत टिप्पणी गरे।

महासचिव पोखरेलले पपुलिज्मको आवरणमा हुर्कंदै गरेको अधिनायकवादको प्रतिवादका लागि युवाहरू एकजुट हुनुपर्ने आवश्यकता रहेको बताए। उनले भने, ‘ युवाहरूले फेरि पपुलिज्मको आवरणमा हुर्कन खोजिरहेको अधिनायकवादको विरुद्धमा संगठित हुनुपर्ने, आन्दोलित हुनुपर्ने आवश्यकता छ। र त्यो आन्दोलनको आधार अब हामीले जनताको बहुदलीय जनवाद (जबज) को सैद्धान्तिक मार्गदर्शन बनाउनुपर्दछ।’

उनले सरकारका मन्त्रीहरूको सम्पत्तिमाथि समेत प्रश्न गरे। महासचिव पोखरेलले मन्त्रीहरूले सुनमा लगानी गरेकोप्रति आपत्ति जनाउँदै के मा लगानी गर्ने भन्ने थाहा नभएको मान्छेले मुलुकको विकास गर्न सक्छ? भन्दै प्रश्न समेत गरे।

प्रतिक्रिया दिनुहोस्