Logo

आज सुन प्रतितोला २०० घट्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ मंसिर । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला रु २०० ले घटेर रु ९१ हजार ३०० मा कारोवार भएको छ । बिहीबार छापावाला सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोवार भएको थियो ।
तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोवार भएको छ । बिहीबार प्रतितोला रु ९१ हजारमा कारोवार भएको थियो । चाँदी आज प्रतितोला रु एक हजार १६५ मा कारोवार भएको छ । बिहीबारका तुलनामा चाँदी प्रतितोला रु १० ले ओरालो लागेको हो । बिहीबार चाँदी प्रतितोला रु एक हजार १७५ मा कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्