Logo
Logo

ठेक्का सेटिङमा फस्यो कुमारी बैंक


0
Shares

काठमाडौं । कुनै समय तल्लो तहको जुनियर कर्मचारीका रूपमा बैंकिङ क्षेत्रमा छिरेका रामचन्द्र खनाल चाकडीको भरमा अहिले कुमारी बैंकको बागडोर सम्हालिरहेका छन् । तर, उनको कार्यकालमा बैंकले व्यावसायिक उचाइ लिने होइन, बरु चरम वित्तीय संकट र गम्भीर कानुनी विवादको सामना गरिरहेको छ । बैंकभित्र र बाहिर उनको परिचय ‘बैंकिङ विज्ञ’ भन्दा पनि ’शक्तिकेन्द्रको चाकडी’ गरेर पद जोगाउने पात्रका रूपमा स्थापित भएको छ ।

सीईओ खनालको अक्षमताको सबैभन्दा ठूलो प्रमाण बैंकले सार्वजनिक गरेको पछिल्लो लाभांश विवरण हो । कुमारी बैंकले यस वर्ष ९आर्थिक वर्ष २०८१/८२० पनि शेयरधनीलाई कुनै लाभांश नदिने निर्णय गरेको छ । कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले मुनाफाबाट लाभांश वितरण नगर्ने र वित्तीय विवरण राष्ट्र बैंक पठाउने निर्णय गरेसँगै लाखौँ शेयरधनीको आशामा तुषारापात भएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा १२.५० प्रतिशत लाभांश दिएयता बैंकले लगातार तीन वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२० शेयरधनीको हात खाली राखेको छ । बैंक धान्ने क्षमता नभएको व्यक्ति नेतृत्वमा पुग्दाको परिणाम शेयरधनीले भोगिरहेका छन् ।

खनालको कार्यकालको अर्को कालो पाटो राष्ट्रिय गौरवको आयोजना ‘सुनकोशी–मरिण डाइभर्सन’ सँग जोडिएको छ । आयोजनामा काम नगर्ने विवादास्पद निर्माण कम्पनी ‘पटेल–रमण जेभी’ को ३ अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेन्टी जफत गर्न सर्वोच्च र जिल्ला अदालतले बाटो खोलिसक्दा पनि कुमारी बैंकले आफ्नो भागमा पर्ने १० करोड रुपैयाँ फिर्ता दिन मानेको छैन ।

काठमाडौँ जिल्ला अदालतले जेठ २ गते नै ठेकेदारको माग अस्वीकार गर्दै बैंक ग्यारेन्टी जफत गर्न मिल्ने फैसला सुनाएको थियो । ९ प्रतिशत मात्र काम गरेर १४ प्रतिशत भुक्तानी लगिसकेको ठेकेदारसँगको मिलेमतोमा सीईओ खनालले राज्यको ढुकुटीमा आउनुपर्ने रकम रोकेर राखेका छन् । आयोजनाले पटक–पटक पत्राचार गर्दा र राष्ट्र बैंकलाई गुहार्दासमेत खनालले ’पावर’ को भरमा उक्त रकम रोक्का राखेर ठेकेदारलाई पोसिरहेका छन् ।

पूर्वऊर्जा मन्त्री दीपक खड्कामार्फत दबाब दिन लगाएर खनालले बैंकिङ नियम र अदालती फैसलाको धज्जी उडाएको आरोप छ । खड्काले सीईओ खनालसहितका बैंक प्रमुखहरूलाई बालुवाटार पु¥याएर जमानत जफत नगर्न दबाब दिएको तथ्य बाहिर आएको छ । एउटा बैंकको सीईओले राष्ट्रिय हित र कानुनलाई भन्दा मन्त्री र ठेकेदारको स्वार्थलाई शिरोपर गर्नुले खनालको ’चाकडी’ प्रवृत्तिको पराकाष्ठा देखाउँछ ।

जुनियर स्टाफबाट करियर सुरु गरेका खनालले व्यावसायिक कौशलभन्दा पनि अध्यक्ष अमिर राणाको ‘चाप्लुसी’ गरेकै भरमा बैंकको उच्च पद हत्याएको चर्चा कुमारी बैंकभित्र व्याप्त छ । “बैंकको वित्तीय स्वास्थ्य बिग्रँदै जाने, शेयरधनीले लाभांश नपाउने तर सीईओ भने ठेकेदार र मन्त्रीको सेटिङमा रमाउने अवस्थाले कुमारी बैंक कता जाँदैछ भन्ने प्रष्ट पार्छ,” बैंक स्रोत भन्छ ।

३ वर्षदेखि लाभांश नपाएका शेयरधनी र राष्ट्रिय आयोजनालाई नै असफल बनाउन उद्यत यस्तो नेतृत्वमाथि नियामक राष्ट्र बैंकले कडा निगरानी र कारबाही गर्नुपर्ने माग उठ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्