Logo
Logo

सशस्त्र एआइजीमा रस्साकस्सी


2.8k
Shares

काठमाडौं । सशस्त्र प्रहरीमा रिक्त रहेको एक एआइजीपदका लागि ९ जना डिआइजीहरु प्रतिस्पर्धामा रहेका छन् । सशस्त्र प्रहरीमा द्वन्दकालको बेला खटिने लक्ष्मण सिंह, प्रदीप पालदेखि पहिलो व्याचसम्मका डिआइजीहरु एआइजीका लागि दावी गरिरहेका छन् ।

सबैभन्दा सिनियर रहेका र विभागको कामबाहेक अन्य काममा कतैपनि प्रचारबाजीमा नरहेका डिआइजी सिंह र पाल मध्ये एक जनालाई एआइजी बनाउनेगरी विभाग लागिरहेका बेला सिं स १ का डिआइजीहरु पनि एआइजीको दावी गरिरहेका छन् । सिंह र पाल मध्य एक डिआइजी भएमा कोही कसैलाई पनि अन्याय नहुने विभागको नीति रहेको छ । राजनीतिक दबाब र प्रभाव नपरेमा सिंह र पाल मध्ये एक जना एआइजी हुनेछन् ।

डिआइजी सुरेश श्रेष्ठले सुदन गुरुङ मार्फत आफूलाई एआइजीको दावी गरिरहेका छन् । उनकै जोडबलमा ९ नं बाहिनीलाई बलम्बुबाट बानेश्वर लगिएको थियो । सुविधासम्पन्न बलम्बुको संरचनालाई ध्वस्त बनाएर डिआइजी श्रेष्ठले बाहिनीको कार्यालय वानेश्वर पुर्याएका थिए । अहिले बाहिनी ट्रली भवन निर सरेको छ ।

९ बाहिनी सार्दा यातायात व्यवस्था विभागलाई आवश्यकता परेको बेला अर्को सर्ने सहमति गरेका कारणको बाहिनी अहिलेपनि बेबारिसे जस्तै भएको छ । बलम्बूको भवन भने भूतघरमा परिणत भएको छ ।

अर्का डिआइजी अञ्जनी कुमार पोखरेलले रास्वपाका सांसद आशिष गजुरेल मार्फत एआइजीको दावी गरिरहेको स्रोतले बताएको छ । विगतमा माओवादी नेता हरिबोल गजुरेल मार्फत सशस्त्र प्रहरीका रजगज गर्दै आएका उनी अहिले हरिबोलका भतिजा आशिष मार्फत एआइजीको दावी गरिरहेका छन् । उनी एक एक हप्ताका काठमाडौ आएर रास्वपका नेताहरुलाई भेट्ने गरेका छन् ।

सुदुरपश्चिम घर भएका डिआइजी दीपेन्द्र शाह रास्वपाका महमन्त्री भूपदेव शाह र सहकोषाध्यक्ष दीपक बोहोरा मार्फत एआइजीको दावी गरिरहेका छन् । उनीहरु दुवैले डिआइजी शाहलाई एआइजी बनाउने आश्वसन दिइरहेका छन् । डिआइजी शाह उनीहरुको जोडबलमा एआइजी हुने भन्दै ढुक्क रहेका छन् ।

अर्का डिआइजी पुरुषोत्तम थापा सशस्त्र प्रहरीभित्र विवादित पात्र हुन । धेरैपटक उनलाई पहिला पनि दलका नेताहरुको घर नधाउन चेतावनीसमेत दिएको थियो । अहिले पनि आइजीपी नारायणदत्त पौडेलको अध्याधिक नजिक हुन खोजेको छन् । आइजीपीको बढी नजिक हुन खोज्दा र केही दिन अघि आइजीपी पौडेलले दिएको निर्दैशन समेत उल्लंघन गर्न पुगे ।

सशस्त्र प्रहरीको एक कार्यक्रममा एकेडेमीको खर्चले केही अनाधिकृत व्यक्तिहरुको मनाङ भ्रमण गराउदा आइजीपीको गाली खानुपरेको थियो । मनाङमा विभागको पैसा अनाधिकृत व्यक्तिको भ्रमण खर्च टिपाएको भन्दै लेखाले मूख्यालयमा उजुरी परिरहेको बेला एआइजीको दावी गरिरहेका छन् ।

उनीहरुको अतिरिक्त डिआइजीहरु कृष्ण ढकाल,मनिष थापा,दीपक अधिकारीपनि एआइजीको दावी गरिरहेका छन् । उनीहरु भने कुनै पनि नेताहरुको फेर समातेका छैनन । श्रेष्ठ, पोखरेल, शाह र थापा भने जहिलेपनि तिकडमबाजीमा डिआइजीहरुमा पर्छन ।

यसअघि कमल गिरी र गणेश ठाडाहरुको व्याचलाई एक वर्षे समय थप गर्नुहुँदैन भनेर विभिन्न शक्ति केन्द्र धाउने पनि उनीहरु नै थिए । अहिले पनि आफूभन्दा सिनियरलाई एआइजी बनाउनु हुँदैन भन्दै रास्वपाका नेताहरुसँग उठबस गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्