Logo
Logo

आइपिएलमा लखनउविरुद्ध राजस्थान ७ विकेटले विजयी


0
Shares

काठमाडौं । राजस्थान रोयल्सले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले लखनउलाई ७ विकेटले पराजित गरेको हो ।   

The current image has no alternative text. The file name is: rajstan.jpg

लखनउले दिएको २२१ रनको लक्ष्य पछाएको राजस्थानले १९.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । राजस्थानको जितमा वैभव सुर्यबंशीले सर्बाधिक ९३ रन बनाए भने ध्रुव जुरेलले अविजित ५३ रन बनाएका थिए । त्यस्तै यशश्वी जैसवालले ४३ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले मिचेल मार्शको ९६, जोश इङलिशको ६० र कप्तान ऋषव पन्तको ३५ रनको मद्धतले २० ओभरमा ५ विकेट गुमाएर २२० रन बनाएको थियो ।

यो जितपछि राजस्थानको १३ खेलमा १४ अंक भएको छ र प्लेअफको नजिक पुगेको छ । अब राजस्थानले आफ्नो अन्तिम खेल जितेमा प्लेअफमा पुग्ने छ । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरु, गुजरात टाइटन्स र सनराइजर्स हैदरावाद यसअघि नै प्लेअफमा पुगिसकेका छन् ।

राजस्थानले अब अर्को खेल आइतबार मुम्बई इण्डियन्सविरुद्ध खेल्दै छ ।  त्यस्तै लखनउको भने यो यस सिजनमा नवौँ हार हो । १३ खेलमा केवल ८ अङ्कसहित लखनउ पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्