Logo
Logo

सेयर बजार ३० अंकले बढ्यो, सबै समूहमा हरियाली


0
Shares

काठमाडौं । अघिल्लो दिन गिरावट आएको सेयर बजार बुधबार पुनः उकालो लागेको छ । नेप्से परिसूचक ३०.०८ अंक (१.१० प्रतिशत) ले बढेर २७५४ अंकमा पुगेको हो, जुन दिनभरकै उच्च बिन्दु पनि हो ।

The current image has no alternative text. The file name is: share-market-dhitopatra-dalal.jpg

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ८ करोडको कारोबार भएकोमा बुधबार ३ अर्ब ८२ करोड पुगेको छ । बजार खुलेदेखि अन्तिमसम्मै वृद्धि कायम रह्यो ।

बुधबार २४८ कम्पनीको मूल्य बढ्दा २१ को घट्यो भने एक कम्पनीको मूल्य स्थिर रह्यो । सबै समूहगत सूचकमा वृद्धि देखिएको छ । हाइड्रोपावर र होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.८९ प्रतिशतले बढे ।

त्यस्तै बैंकिङ ०.७३, विकास बैंक ०.४४, फाइनान्स १.४०, लगानी १.१५, जीवन बीमा ०.९७, उत्पादन तथा प्रशोधन १.१५, माइक्रोफाइनान्स ०.६२, निर्जीवन बीमा ०.४४, अन्य १.०९ तथा व्यापार १.५१ प्रतिशतले बढेका छन् ।

अपर लोहोरेखोला जलविद्युतको मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढ्यो । त्यस्तै माउन्टेन हाइड्रो नेपालको ११.८८, बुंगल हाइड्रोको ७.५१, शिखर पावरको ६.१२ र सिटी होटलको ५.९० प्रतिशतले वृद्धि भयो ।

त्यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १३.२६ प्रतिशतले घट्यो । बोटलर्स नेपाल (बालाजु) ३ प्रतिशत र कुथेली बुखरी हाइड्रोपावर २.०७ प्रतिशतले घटेका छन् ।

आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, अपी पावर, रिडी पावर र नेसनल हाइड्रोपावर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्