Logo
Logo

नेकपाको ‘बहुप्रतिक्षित’ सचिवालय बैठक सुरु, ओलीले नयाँ राजनीतिक प्रस्ताव पेश गर्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ मंसिर ।
सत्तारुढ नेकपाको बहुप्रतिक्षित ठानिएको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक प्रस्ताव राख्दैछन् । यसअघि प्रचण्डले पेश गरेको प्रस्तावलाई टक्कर दिदै उनले नयाँ प्रस्ताव पेश गर्न लागेका हुन् ।


सचिवालयमा ओली अल्पमतमा छन् । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामवेद गौतम, नारायणकाजी श्रेष्ठर रामबहादुर थापा बादल एकातर्फ छन् भने ओली ईश्वर पोखरेल र विष्णु पौडेल मात्र उनीसँग छन् । जसकारण बैठकमा सहमति नभए बहुमतबाट निर्णय हुने सम्भावना छ । अल्पमतमा रहेका ओली समस्यामा छन् ।

प्रतिक्रिया दिनुहोस्