Logo
Logo

विश्वकप डिभिजन लिग २ : आज नेपाल र अमेरिका भिड्दै


0
Shares

काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग-२ अन्तर्गत आज नेपाल र अमेरिका आमने सामने हुँदै छन् । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि सुरु हुँदै छ ।

The current image has no alternative text. The file name is: cricket-1.jpg

यस सिरिजमा नेपाल र अमेरिका दोस्रो पटक खेल्न लागेका हुन् । पहिलो खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो । यस सिरिजमा नेपालले खेलेका ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने अमेरिकाले खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।

 जारी लिग- २ अङ्क तालिकामा नेपालले अहिलेसम्म २७ खेल खेलेर १० जित र १५ हार बेहोरेको छ भने २ खेलमा अङ्क बाड्दा २२ अङ्क हासिल गरेर पाँचौँ स्थानमा रहेको छ ।  त्यस्तै अमेरिका भने अहिलेसम्म २७ खेलमा १९ जित र ८ हारसहित ३८ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । 

यस सिरिजमा क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा यस सिरिजका लागि इशान पाण्डेलाई अवसर दिइएको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ सेख, ईशान पाण्डे, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव, अर्जुन कुमाल, सोमपाल कामी, विनोद भण्डारी र करण केसी रहेका छन् ।

त्यस्तै अमेरिकी टिममा मोनांक पटेल (कप्ता), जसदीप सिंह (उपकप्तान), आरोन जोन्स, जुआनोइ ड्राइसडाल, आन्द्रिज गोउस (विकेटकिपर), हरमित सिंह, नोसथुस केनजिगे, संजय कृष्णमुर्थी, मिलिन्द कुमार, साइतेजा मुक्कामल्ल्ला, सौरभ नेत्राभल्कर, स्मित पटेल, शयान जहानगिर, शाडलीभान स्कालविक र यासिर मोहमद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्