Logo
Logo

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य


0
Shares

काठमाडौं । मलेसियाले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई दोस्रो अन्तरराष्ट्रिय टि-ट्वान्टी खेलमा जितका लागि ८३ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८२ रनको योगफल बनाएको हो ।

The current image has no alternative text. The file name is: crickrt-woman.jpg

मलेसियाका लागि ऐना हमिजाले सर्वाधिक १७ रनको योगदान दिइन् । उनले ३० बलमा एक चौकाको सहायताले १७ रन बनाएकी हुन् । त्यस्तै धनुश्री मुहुनानले १५ रन जोडिन भने अरिनान नातास्याले १३ रन बनाइन । त्यसबाहेक मलेसियाका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

बलिङतर्फ नेपालकी कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान दुई/दुई विकेट लिए भने पूजा महतो र सीता रानामगरले समान एकरएक विकेट लिइन् । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

प्रतिक्रिया दिनुहोस्