Logo
Logo

नेपालमा कोरोना संक्रमणदर घट्दो, ९ हजारको परीक्षण गर्दा १४ सयको पजिटिभ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ मंसिर ।
केही दिनयता नेपालमा कोरोना संक्रमणदर घटेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ३ सय ६८ मा परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो । संक्रमणदर करिब १४ प्रतिशतमा झरेको छ ।


पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५४६ महिला र ८ सय ३४ पुरुष गरी १ हजार ३ सय ८० कोरोना संक्रमित थपिएका शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ । २४ घण्टामा ९ हजार ३ सय ६८ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार हालसम्म १७ लाख १९ हजार ८ सय २८ पीसीआर परीक्षण भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ५ सय १५ जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या १८ हजार ८३ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा नेपालमा थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय ५४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्