Logo
Logo

चुनाव जितेपछि ढकालले भने, ‘महासंघलाई बलियो र सबल संस्थाको रूपमा अगाडि बढाउँनेछु्’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । उनले एससियटमा ५२३ वस्तुगतमा ५९ र जिल्ला नगरमा ५२ मत ल्याएर प्रतिस्पर्धी किशोर प्रधानलाई हराएका हुन् ।
मतपरिणाम सार्वजनिक भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै ढकालले अब महासंघलाई बलियो र सबल संस्थाको रूपमा अगाडि लैजाने प्रतिबद्धता जनाए । उनले भन्, ‘अब चुनावसँगै प्यानल पनि सकियो । हामीलाई विश्वास गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’
आइतबार बिहान सम्पन्न मतगणनामा ढकालले आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गरेका हुन् । महासंघको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको थियो । महासंघको निर्वाचन समितिका अनुसार विजयी भएका ढकालले ३० प्रतिशत मत भार रहेको एशोसिएटमा ५२२ मत प्राप्त गर्दा प्रधानले ३७५ मत पाएका थिए ।
यस्तै २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ मत र प्रधानले ३९ मत प्राप्त गरे। त्यसैगरी ५० प्रतिशत मतभार रहेको जिल्ला/नगरतर्फ ढकालले ५२ मत तथा प्रधानले ५३ मत प्राप्त गरे । निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा विजयी ढकालले समग्रमा ५४.२६ प्रतिशत मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रधानले ४५.७४ प्रतिशत मत प्राप्त गरे । यो विजयसँगै ढकाल निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको २०औँ अध्यक्ष बन्ने निश्चित भएको छ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष बन्ने व्यवस्था छ । सोही विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अध्यक्षको जिम्मेवारी सम्हाल्दैछन् ।
वरिष्ठ उपाध्यक्षसहित अन्य पदका लागि ढकाल र प्रधान समूहले प्यानल नै बनाएर उम्मेदवारी दिनुभएको थियो । त्यसमा वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ विजयी भए । उनीहरु दुुवै जना प्रधान समूहबाट निर्वाचनमा भाग लिएका थिए ।
वस्तुगततर्फ विजयी भएका अञ्जन श्रेष्ठले ६२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी उमेशलाल प्रधानले ३७ मत पाए । जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले ५८ मत प्राप्त गरी विजयी हुँदा ढकाल समूहका गुणनिधि तिवारीले ४७ मत प्राप्त गरेका छन् । यस्तै एसोसिएट्सतर्फ ढकाल समूहका रामचन्द्र संघाई विजयी भएका छन् । संघाईले ४५५ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी सौरभ ज्योतीले ४३४ मत प्राप्त गरे । महासंघको जिल्ला नगरतर्फको कार्यकारिणी सदस्यमा राजन श्रेष्ठ, तारानाथ अधिकारी, कमलकुमार श्रेष्ठ, चक्रबहादुर अधिकारी, अरुनराज सुमार्गी, देवकुमार श्रेष्ठ, रामेश्वर मानन्धर, शोभाकान्त पौडेल, सुरकृष्ण वैद्य, गजेन्द्र भगत, कुविरकुमार श्रेष्ठ, कमानबहादुर खड्का विजयी हुनुभएको छ । यस्तै, गोपाल केडिया, महेन्द्रकुमार श्रेष्ठ, कमलकुमार श्रेष्ठ, उमेश डालमालिया, किशोरकुमार आचार्य विजयी भएका छन् ।
जिल्लानगरको सबैभन्दा बढी ५० प्रतिशत मतभार रहन्छ । एसोसियटको ३० र वस्तुगतको २० प्रतिशत मतभार रहन्छ । ढकाल आगामी कार्यकालको अध्यक्ष पनि बनेका छन् । महासंघको विधानले वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष हुने व्यवस्था गरेको छ । उनको प्यानलबाट नै एसोसियट उपाध्यक्षमा रामचन्द्र संघाइ विजयी भएका छन् । जिल्लानगरमा प्रधान प्यानलका दिनेश श्रेष्ठ र वस्तुगतमा अन्जन श्रेष्ठ विजयी भएका छन् ।

महासंघको अध्यक्ष भने यसअघि बरिष्ट उपाध्यक्ष रहेका शेखर गोल्छा रहनेछन् । महासंघ गोल्छा–ढकालको नेतृत्वमा चल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्