जंगलबाट दुईनाल बन्दुकसहित पाँच पक्राउ « Drishti News – Nepalese News Portal
Logo

जंगलबाट दुईनाल बन्दुकसहित पाँच पक्राउ


- दृष्टि न्युज/संवाददाता


त्रिशुली, १४ मंसिर । नुवाकोटको विदुर नगरपालिका–८ पिडालुबारीस्थित जंगलबाट दुईनाल भरुवा बन्दुकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बन्दुक लिएर जंगलमा सिकार गर्न गएको समयमा दुईनाल बन्दुक र त्यसमा लाग्ने १०० ग्राम बारुदसहित उनीहरुलाई शनिबार पक्राउ गरेर कारवाही अघि बढाउन लागिएको जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा जिल्लाको म्यागङ गाउँपालिका–३ बस्ने २७ वर्षीय रवीन तामाङ, २८ वर्षीय अमर तामाङसहित १७ वर्षीय दुई र १५ वर्षीय एक किशोर रहेका छन् । उनीहरुले बन्दुक प्रयोग गरेर लामो समयदेखि सिकार गर्नेहरुको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीको टोलीले जंगलबाट रंगेहात पक्राउ गर्न सफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्