Logo
Logo

सुनको मूल्य प्रतितोला रु ६०० घट्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ मंसिर । स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला रु ६०० ले ओरालो लागकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु ९० हजार ७०० मा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ९१ हजार ३०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन प्रतितोला रु ९० हजार २०० मा कारोवार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोवार भएको थियो । यस्तै चाँदी आज प्रतितोला रु एक हजार १५० मा कारोवार भएको छ । शुक्रबार चाँदी प्रतितोला रु एक हजार १६५ मा कारोवार भएको थियो । शुक्रबारका तुलनामा आइतबार चाँदी प्रतितोला रु १५ ले घटेको हो ।

प्रतिक्रिया दिनुहोस्