Logo
Logo

एसियन गेम्स क्वालिफायरः आज पहिलो खेल खेल्दै नेपाल, प्रतिस्पर्धी चीन


378
Shares

काठमाडौं । एसियन गेम्स महिला छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज चीनसँग प्रतिस्पर्धा गर्दै छ ।

मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा हुने नेपाल र चीनबीचको खेल बिहान पौने १२ बजे सुरु हुनेछ ।

पहिलो खेलमा इन्डोनेसियालाई हराएको चीन आजको खेलमा नेपाललाई हराउन गर्न चाहन्छ । चीनले पहिलो खेलमा इन्डोनेसियालाई ३ विकेटले हराएको थियो ।

नेपालले भने आज पहिलो खेल खेल्न लागेको हो । समूह बीमा रहेको नेपालले बिहीबार इन्डोनेसियासँग खेल्नेछ ।

तीन टोली रहेका समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। समूह एमा घरेलु टोली मलेसिया, हङकङ र थाइल्यान्ड छन्।

प्रतिक्रिया दिनुहोस्