Logo
Logo

प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्रीको भेट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ मंसिर ।
नेपाल भ्रमणमा आएका चिनियाँ चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर जनरल वेइ फेङहेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। आइतबार अपरान्ह वेईले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटवार्ता गरेका हुन् ।


रक्षामन्त्री वेई आइतबार बिहान पौने ११ बजेतिर चार्टर्ड जहाजमा त्रिभुवन विमानस्थलमा ओर्लिएका थिए।
२१ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल आएका फेङहेलाई स्वागत गर्न विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा ’बादल’, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायत उपस्थित थिए।


राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेटेर उनी आजै स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस्