Logo
Logo

सनराइजर्सलाई हराउँदै राजस्थान रोयल्स आइपिएलको दोस्रो क्वालिफायरमा


189
Shares

काठमाडौं। राजस्थान रोयल्स जारी आइपिएलको दोस्रो क्वालिफायरमा पुगेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले सनराइजर्स हैदरावादलाई ४७ रनले पराजित गरेर दोस्रो क्वालिफायरमा पुगेको हो ।

The current image has no alternative text. The file name is: rajstan-1.jpg

राजस्थान रोयल्सले दिएको २४४ रनको लक्ष्य पछाएको सनराइजर्सले १९.२ ओभरमा अल आउट हुँदै १९६ रन बनाएको थियो ।

सनराइजर्सका लागि नितिश रेड्डीले ३८, सलिल अरोराले ३५ र इशान किशनले ३३ र शिभांग कुमारले २७ रन बनाएका थिए । त्यस्तै राजस्थानका बलर जोफ्रा आर्चरले ३ विकेट लिएका थिए भने नान्द्रे बर्गर, सुशान्त मिश्रा र रविन्द्र जडेजाले २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको थियो । राजस्थानका लागि वैभव सूर्यवंशीले २९ बलमा ९७ रन बनाएका थिए । उनले आफ्नो इनिंगमा १२ छक्का र ५ चौका प्रहार गरेका थिए । त्यस्तै ध्रुव जुरेलले २१ बलमा ५० रन बनाएका थिए भने यशश्वी जैसवालले २९ र कप्तान रियान परागले २६ रन बनाएका थिए ।

अब राजस्थानले दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग शुक्रवार खेल्ने छ । यस खेलको विजेताले आइतबार हुने फाइनल खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्