Logo
Logo

हवल्दारको घुसकाण्डमा सइ पनि पक्राउ, एसपी जोगिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ मंसिर ।
ईलाका प्रहरी कार्यालय खुर्द, खजुरा,बाँकेमा कार्यरत दुई प्रहरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । प्रहरी हवल्दार राजेश बहादुर द्वालले हाल साविक नीजि जग्गामा रहेको आँप जातको काठ चिरान मिल र इट्टा भट्टामा लैजानको लागि सहजीकरण गरिदिने भन्दै १३ हजार रुपैयाँ घुस लिएका थिए ।

घुससहित उनी रंगेहात पक्राउ परेका थिए ।
उनीमाथि अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय खुर्द, खजुरा, बाँकेमा कार्यरत इन्चार्ज प्र.ना.नि. लुद्र बहादुर के.सीकै मिलेमतो देखिएको छ ।

दुवै जनाविरुद्ध अख्तियारले बिशेष अदालतमा मुद्दा दायर गरेको छ । बाँकेका एसपी ओमबहादुर रानाकै समेत यसमा मिलेमतोको आशंका गरिएको थियो । तर, उनी जोगिएका छन् ।
एसपी रानाले महत्वपूर्ण चौकीहरुमा आफु निकट इन्चार्ज खटाएर पैसा उठाइरहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्