Logo
Logo

रविन्द्र ढाँट सेमिफाइनलमा प्रवेश, रोड टु यूएफसीमा ऐतिहासिक उपलब्धि


882
Shares

काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट यूएफसीको छनोट प्रतियोगिता ‘रोड टु यूएफसी सिजन ५’ को सेमिफाइनलमा प्रवेश गरेका छन् ।

The current image has no alternative text. The file name is: rabindra-dhat.jpg

बिहीबार मकाउस्थित ग्यालेक्सी एरेनामा भएको क्वाटरफाइनलमा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन् । खेलमा हजारौं नेपाली समर्थकहरूको उपस्थिति रहेको थियो, जसले उनलाई उत्साह दिएको बताइएको छ ।

‘बझाङको बाघ’ उपनामले परिचित ढाँट रोड टु यूएफसीमा जित हात पार्ने पहिलो नेपाली फाइटर समेत बनेका छन् । अब उनले सेमिफाइनलमा जापानका योनुसुके मिनामी र न्युजिल्यान्डका कासिब मुर्डोकबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि तय भएको खेलमा म्याट्टी इयान घाइते भएपछि किम्बर्ट अलिन्टोजोनले उनलाई रिप्लेस गरेका थिए । ब्यान्टमवेटमा प्रतिस्पर्धा गरिरहेका ढाँटले यस प्रतियोगिताको उपाधि जिते यूएफसीको मुख्य स्टेजमा स्थान बनाउनेछन् ।

ढाँट पछिल्लो समय नेपाली एमएमएमा सबैभन्दा चर्चित फाइटरका रूपमा परिचित छन् । उनले गत वर्ष भारतको ग्रेटर नोइडामा भएको मेट्रिक्स फाइट नाइट १७ मा चुङरेन कवरेनलाई नकआउट गर्दै टाइटल जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्