Logo
Logo

आगामी आर्थिक वर्षको बजेट भाषण आज 


504
Shares

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै छ ।  हरेक वर्षको जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले आज बजेट ल्याउन लागेको हो ।  

The current image has no alternative text. The file name is: sownirm-1.jpg

यसका लागि सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ । सोही बैठकमा अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले बजेट सार्वजनिक गर्ने कार्यसूची सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको छ ।

गत वर्ष अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट ल्याएका थिए । अर्थमन्त्री पौडेलले चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव १ प्रतिशत,  पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड २० दशमल ८ प्रतिशत र  वित्तीय व्यवस्थापन तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९. १ प्रतिशतको बजेट सार्वजनिक गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्