काठमाडौं । सरकारले महाकाली करिडोरको दार्चुला–टिङकर खण्डको ट्रयाक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिने भएको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा उक्त कुरा समावेश गरिएको हो । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले मेची, अरुण, तमोर, भेरी, सेती करिडोर र फुटिया–दिपायल सडकको स्तरोन्नति कार्यलाई तिब्रता दिइने पनि बताउनु भयो । त्यसैगरी काठमाडौं चक्रपथ विस्तारका लागि बाँकि रहेका कामहरुलाई पनि अघि उनले बढाउने बताए ।
अर्थमन्त्री वाग्लेले भने– ‘महाकाली करिडोरको दार्चुला–टिङ्कर खण्डको ट्रयाक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिएको छु । मेची, अरुण, तमोर, भेरी, सेती करिडोर र फुटिया–दिपायल सडकको स्तरोन्नति कार्यलाई तीव्रता दिइनेछ । काठमाडौं चक्रपथ विस्तार अन्तर्गत बाँकि रहेका कामहरु अघि बढाइनेछ ।’
अर्थमन्त्री वाग्लेले सुरुङ मार्ग निर्माणको कामलाई पनि गति दिने बताए ।














