Logo
Logo

खेलकुद बजेटमा परेन एशियन गेम्सको तयारी


0
Shares

काठमाडौं । आउँदो आर्थिक वर्ष २०८३–०८४ को बजेटमा जापानमा आउँदो सेप्टेम्बरमा हुने २०औँ एशियन गेम्सको तयारी र बजेट समावेश भएको छैन ।

The current image has no alternative text. The file name is: Swarnima-Wagle.jpg

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हिजो प्रस्तुत गर्नुभएको बजेटमा एसियन गेम्सको तयारी नपरेको हो । यद्यपि, अर्थमन्त्री वाग्लेले खेल क्षेत्रका लागि चार अर्ब तीन करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

अर्थ मन्त्रालयले खेलकुदलाई तीन अर्ब २० करोडको सिलिङ दिएको थियो । तर, सिलिङभन्दा ८२ करोड थपसहित बजेट आएको हो ।

एसियन गेम्स, दशौँ राष्ट्रिय खेलकुद र पारा खेलकुदजस्ता महत्त्वपूर्ण आयोजना कार्यक्रममा समावेशसहित बजेट प्रस्ताव भएको थियो । तीमध्ये जापानमा हुने २०औँ एसियन गेम्सको तयारीका लागि भने बजेटमा कतै उल्लेख छैन । राष्ट्रिय खेलकुद परिषद्ले एसियन गेम्स तयारीका लागि १५ देखि १६ करोड रुपैयाँ माग गरेको थियो ।

सरकारले प्रमुख आठ शहरमा आधुनिक क्रिकेट रङ्गशाला बनाउन आउँदो पाँच वर्षको दीर्घकालीन योजना अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्