Logo
Logo

साफ महिला फुटबलमा आज नेपालले श्रीलङ्काको सामना गर्दै


0
Shares

काठमाडौं। नेपालले साफ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा आज श्रीलंकाविरुद्ध खेल्दै छ । यो खेल नेपाली समय अनुसार अपराहन्न ४:४५ बजेदेखि सुरु हुने छ । 

The current image has no alternative text. The file name is: football-1.jpg

नेपालले भारतको गोवामा हुने यो जिते या बराबरीले मात्रै पनि नेपाल समूह ए को विजेता बन्नेछ ।  पहिलो खेलमा नेपालले भुटानलाई १–० ले पराजित गरेको थियो । त्यस्तै श्रीलङ्का भने भुटानसँग पहिलो खेलमा ४-० ले पराजित भएको थियो । 

त्यस्तै समूह बी बाट एक खेलअघि नै भारत र बङ्गलादेश सेमिफाइनलमा पुगिसकेका छन् । आइतबार नै भारत र बङ्गलादेशबिच खेल हुदैछ । यो खेलपछि समूह बी को विजेता र उपविजेता पनि टुङ्गो लाग्नेछ ।  प्रतियोगिताको सेमिफाइनल खेल जुन ३ मा हुने छ भने फाइनल खेल जुन ५ मा हुने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्