Logo
Logo

कस्तो छ आजको मौसम पूर्वानुमान ?


315
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिम देखि पूर्व सम्म नेपाल नजिक रहेको न्यून चापिए रेखाको प्रभाव रहेको जानकारी दिएको छ ।

The current image has no alternative text. The file name is: mausam.jpeg

हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगातय कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी तराई आंशिक बादल लागेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो  देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कोशी र लुम्बिनी प्रदेशका  तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । 

त्यस्तै आज राती देशको हिमाली भू-भागमा साधारणतया बादल,  पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मुख्यतया सफा रहने छ।  सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भाग लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको  हिमाली भू-भागका एक/दुई स्थानमा  हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्