Logo
Logo

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसले माग्यो रास्वपाको धारणा 


252
Shares

काठमाडौं । आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल-भारत सीमा विषयमा दिएको अभिव्यक्तिले राजनीतिक वृत्तमा तीव्र चर्चा र विवाद उत्पन्न गरेको छ । 

The current image has no alternative text. The file name is: bishow-balen.jpg

सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भनेका थिए, “मैले पनि प्रधानमन्त्री भएपछि नै थाहा पाएँ । भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रैछ । त्यसलाई दुवै देशले साथीको रूपमा बसेर समाधान गर्ने सोच राखेका छौँ ।”

उक्त भनाइप्रति नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लेख्दै शर्माले प्रधानमन्त्रीले संवेदनशील कूटनीतिक विषयमा बोल्नुअघि “दर्जन पटक सोचेर” बोल्नुपर्ने बताए । “देशको प्रधानमन्त्रीले बोल्नुअघि दर्जन पटक सोचेर बोल्नुपर्छ । संवेदनशील कूटनीतिक प्रश्नमा संयम र परिपक्वता झनै जरुरी हुन्छ,” शर्माले लेखेका छन् ।

उनले वर्तमान सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै थप प्रश्न गरेका छन्, “‘सरकार बालेन’ को मत प्रधान कि ‘व्यक्ति बालेन’ को मत मुख्य ? रास्वपाको धारणा के हो ? सीमा मिचेका हौँ कि मिचाइमा परेका हामी थप विभक्त हुन लागेका हौँरु”प्रधानमन्त्रीको अभिव्यक्तिप्रति चौतर्फी टिप्पणी बढेपछि परराष्ट्र मन्त्रालयले तत्काल स्पष्टीकरण जारी गरेको छ ।

मन्त्रालयले प्रधानमन्त्रीको भनाइ दशगजा क्षेत्रमा हुने अतिक्रमण र ‘क्रस बोर्डर अकुपेसन’ ९सीमा वारपारको भोगाधिकार० सँग सम्बन्धित रहेको स्पष्ट पारेको छ ।

मन्त्रालयका अनुसार प्रधानमन्त्रीले प्राविधिक रूपमा दुवै देशका नागरिकहरूबीच सीमा क्षेत्रमा हुने खेतीपाती तथा भोगाधिकारको विषयलाई उल्लेख गरेका हुन्, न कि मुख्य भूमि अतिक्रमणको । यो विषयलाई लिएर नेपाल–भारत सीमा व्यवस्थापन, लिपुलेक–कालापानी–लिम्पियाधुरा क्षेत्रको विवाद र दुई देशबीचको कूटनीतिक संवादको सन्दर्भमा थप बहस सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्