काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सोमबार सङ्घीय संसद्मा सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन् ।

उनले दुई राष्ट्रबिचको सीमा विवादमा तेस्रो राष्ट्रको संलग्नताको माग गर्नु देश मेट्ने नव जेलेनस्की पथ नै भएको बताएका छन् ।बास्कोटाले नेपाल-भारतबिच सीमा विवाद रहेको बताउँदै यसको समाधानको आधार ऐतिहासिक दशी प्रमाण हुने बताएका छन् ।
‘लुसीफर मिथक हो । कुडभिन कुईस्लिङ सत्य हो । र, त्यो कोही नबनोस । नेपाल-भारतबिच सीमा विवाद छन् । तिनको समाधानको आधार ऐतिहासिक दशी प्रमाण हुन् । समाधानको बाटो कूटनीति नै हो । निष्कर्ष तथ्य स्वीकार्ने साहस हो,’ उनले सामाजिक सञ्जालमा लेख्छन्, ‘तेश्रो पक्षको संलग्नताको माग हो भने त्यो प्रकारान्तरमा देश मेट्ने नव जेलनस्की पथ नै हो ।’














