Logo
Logo

रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनका लागि बनायो १८ उपसमिति


693
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गर्दै मूल आयोजक समिति गठन गरेको छ ।

The current image has no alternative text. The file name is: raspapa.jpg

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा गठन गरिएको उक्त समितिले महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्ने जिम्मेवारी पाएको छ । महाधिवेशन २०८३ साल असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने तय गरिएको छ ।

मूल आयोजक समितिको संयोजकमा रवि लामिछानेसँगै सदस्यहरुमा डा। स्वर्णिम वाग्ले, कविन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिन कुमार आचार्य, लिमा अधिकारी, बसुमाया तामाङ, मनिष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवाली, सागर ढकाल तथा केन्द्रीय समितिका सबै सदस्य र सबै प्रदेश सभापतिहरू रहनेछन् ।

विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ । तीमध्ये कार्यक्रम सञ्चालन तथा व्यवस्थापन, गुनासो व्यवस्थापन, प्रतिवेदन तथा प्रस्ताव मस्यौदा, आर्थिक व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन, कानुनी समन्वय, प्रचारप्रसार तथा सञ्चार समन्वय, सुरक्षा तथा स्वयंसेवक परिचालन, सूचना प्रविधि, आवास तथा भोजन व्यवस्थापन, अतिथि सत्कार, हल तथा मञ्च व्यवस्थापन, स्वास्थ्य सेवा, सांस्कृतिक कार्यक्रम, यातायात व्यवस्थापन, स्थानीय समन्वय सहकार्य, अभिलेखीकरण तथा दस्तावेजीकरण र अनुशासन उपसमिति रहेका छन् ।

पार्टीले महाधिवेशनलाई ऐतिहासिक बनाउने लक्ष्यसहित तयारी तीव्र पारेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्