Logo
Logo

कांग्रेसले गठन गर्यो संसदीय दलको कार्यसमिति


1k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको कार्यसमिति गठन गरेको छ । १२ सदस्यीय कार्यसमितिको प्रमुख संसदीय दलका नेता भीष्मराज आङ्देम्बे बनेका छन् । उपप्रमुखमा संसदीय दलका उपनेता अभिषेक प्रताप शाह तोकिएका छन् ।

कोषाध्यक्षमा डा. शाहजान खातुन र कार्यसमितिको सदस्य सचिवमा मदन कृष्ण श्रेष्ठ मनोनीत भएका छन् । त्यस्तै कार्यसमितिमा ६ जना सदस्य मनोनीत भएका छन् । कार्यसमिति सदस्यहरूमा पवित्रा विक, कालीबहादुर सहकारी, रुक्मिणीदेवी कोइराला, जयपति रोकाय, हरिनादेवी कामी र सुशीला ढकाल आचार्य मनोनीत भएका छन् ।

२ सदस्य मनोनयन गर्न बाँकी रहेको कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको छ । संसदीय दलको बैठक र सदनमा पार्टीको भूमिकालाई थप प्रभावकारी र व्यवस्थित बनाउन कार्यसमितिलाई पूर्णता दिएको कांग्रेस दलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्