Logo
Logo

बजेटले युवालाई मासिक १ लाख कमाउने वातावरण बनाउँछ : अर्थमन्त्री वाग्ले


0
Shares

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटले अर्थतन्त्रमा नीतिगत सुधारको जग बसाल्ने र युवामा आशा जगाउने दाबी गरेका छन् । सोमवार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को ‘पोस्ट–बजेट’ छलफलमा वाग्लेले भर्खरै अध्ययन पूरा गरेका युवालाई स्वदेशमै आत्मसम्मानका साथ मासिक एक लाख रुपैयाँसम्म कमाउने वातावरण निर्माणमा बजेट केन्द्रित रहेको बताएका हुन् । 

The current image has no alternative text. The file name is: sownirm-1.jpg

उनले १० लाख रुपैयाँसम्मको आयकर छुटलाई ‘क्रान्तिकारी’ कदम भएको बताउँदै बजारमा मुद्रा प्रवाह बढाउने र अर्थतन्त्र चलायमान बनाउने विश्वास व्यक्त गरे । यसैगरी उच्च आय वर्गमा लाग्ने ३९ प्रतिशत करलाई १० प्रतिशत बिन्दुले घटाएर बचतलाई लगानीमा रूपान्तरण गर्ने नीति लिइएको बताए । 

दशौँ हजार व्यवसायीहरूको पुरानो कर बक्यौता समस्या समाधान गर्न १ प्रतिशत प्रशासनिक शुल्क तिरेर ‘रिजुविनेट’ (नयाँ सुरुवात) गर्न सकिने व्यवस्था बजेटमा गरिएको उनले बताए । यसबाहेक नेपाल टेलिकमको केही सेयर सर्वसाधारणलाई, राष्ट्रिय वाणिज्य बैङ्कलाई सुदृढीकरण र नेपाल वायुसेवा निगम तथा विद्युत प्राधिकरणको पूर्ण पुनर्संरचना यसै वर्ष सम्पन्न गर्ने उनले प्रतिबद्धता जनाए । 

उनले परम्परागत ऋणमा निर्भर नरही ठूला पूर्वाधारका लागि अल्टरनेटिभ डेभलपमेन्ट फाइनान्स बिल मार्फत अफसोर बन्ड, डायस्पोरा बन्ड र थिम्याटिक बन्ड जारी गरिने बताए । विदेशी विनिमय जोखिम न्यूनीकरणका लागि हेजिङ नीति र सोभरेन वेल्थ फन्ड मोडल अपनाइने वाग्ले बताए । 

उनले विद्युतमा भ्याट लगाउने निर्णयबाट सरकार पछि नहट्ने तर उपभोक्तालाई भार नपर्ने विकल्प खोजिरहेको बताए । साउन १ गतेदेखि नियमन आयोगमार्फत मूल्य समायोजन वा विपन्नका लागि निःशुल्क युनिट बढाएर राहत दिने योजना सरकारको रहेको उनले जानकारी दिए । 

उनले इभी नीतिमा ५० लाखसम्मका सवारीमा मूल्य घट्ने बताउँदै सडक दस्तुर आधा हुने र महँगा विलासी इभीमा विदेशी विनिमय सन्तुलन र प्रगतिशील करका आधारमा कर निर्धारण गरिएको बताए ।  

प्रतिक्रिया दिनुहोस्