काठमाडौं । जापानमा हुने एशियन गेम्सका क्रिकेटतर्फ छनोट हुने चार देशको टुंगो लागेको छ । सिंगापुरमा जारी एशियन गेम्स छनौट अन्तर्गत नेपालसहित मलेसिया, ओमान र हङकङ एशियन गेम्समा छनोटभएका हुन् ।

नेपाल र मलेसिया समुह ए बाट र हङकङ र ओमान समुह बी बाट छनोट भएका हुन् । एशियन गेम्समा पुरुष क्रिकेटतर्फ कुल १० देशले भाग लिदैछन् । जसमा जापान आयोजकको रुपमा सहभागी हुदैछन् भने आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वत छनोट भएका छन् ।
एशियन गेम्सको छनोट खेल अन्तर्गत आज नेपालले मलेसियासँग खेल्दैछ । नेपाली समय अनुसार अपराहन्न सवा १२ बजेदेखि शुरु हुने यस खेलबाट समुह विजेता र उपविजेताको टुंगो लाग्ने छ र सेमिफाइनलको समीकरण तय हुने छ ।
यस प्रतियोगितामा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टिम खेलिरहेको छ । नेपाली टिममा दिपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेस बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ सेख, सोमपाल कामी, करण केसी र साहब आलम रहेका छन् ।














