Logo
Logo

पाल्पामा भुइँकाफलको व्यावसायिक खेती


- दृष्टि न्युज/संवाददाता


पाल्पा, १७ मंसिर । पाल्पामा नौलो फलका रूपमा परिचित भुइँकाफलको व्यावसायिक खेती गर्न थालिएको छ । पहाडी जिल्लाको पाल्पामा पहिलोपटक भुइँकाफल वा स्ट्रबेरी खेती गर्न थालिएको हो ।
कृषि ज्ञान केन्द्र पाल्पाको रु चार लाख २५ हजार बजेटबाट जिल्लाको माथागढीको ओलेसमा, रिब्दीकोट गाउँपालिकाको भैरवस्थानमा र रम्भा गाउँपालिकाको हुँमीनमा भुइँकाफल खेती व्यावसायिकरूपमा थालनी भएको कार्यालय प्रमुख शिवप्रसाद अर्यालले बताए ।
यस खेतीमा रिब्दीकोटको भैरवस्थानमा अम्बिका गौतम, सरिता खनाल, पवित्र खाम्चा र पार्वती थापा आकर्षित छन् । रम्भाको हँुमीनमा सामूहिकरूपमा चार जनाले एक रोपनी जमिनमा एक हजार ५०० स्ट्रबेरी लगाएका छन् ।
ज्ञान केन्द्रले नौ हजार बिरुवा, मल, सिँचाइका लागि चाहिने सामान, प्लाष्टिक, मल्चिङ प्रविधि र भिटामिनसमेत सामान किसानलाई अनुदानमा उपलब्ध गराएको प्रमुख अर्यालले बताए । भैरवस्थानकी अम्बिकाले पहिलोपटक नयाँ फलको व्यवसाय गर्न पाएकामा खुशी लागेको बताए । भैरवस्थान धार्मिक पर्यटकीयस्थल पनि हो । यस खेतीबाट प्रशस्त आम्दानी हुने आशा पनि गौतमको छ ।

प्रतिक्रिया दिनुहोस्