काठमाडौं । एसिया कप क्रिकेट पुरुष छनोटमा नेपालले बिहीबार मलेसियासँग खेल्दै छ । खेल सिंगापुरमा अहिले केहीबेरमा सुरु हुनेछ । मलेसियाले टस जितेर पहिला फिल्डिङ रोजेको छ । नेपाल केहीबेरमा ब्याटिङ गर्ने छ ।

समूह एमा रहेको नेपाल र मलेसियाको समान २ अङ्क रहेको छ । यद्यपि रनरेटनमा अघि रहँदै नेपाल शीर्ष स्थानमा छ । आजको खेलको विजेताले समूह विजेता र उपविजेताको टुङ्गो लगाउनेछ । दुवै टोली यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । यहीँ समूहमा रहेको चीनले आफ्ना दुवै खेल हारेको छ ।
कतारले अन्तिम समयमा आफ्नो नाम फिर्ता लिएपछि समूह एमा तीन टोलीबीच मात्र प्रतिस्पर्धा भएको हो । समूह बीबाट भने हङकङ र ओमानले एक एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेका छन् । यो समूहबाट बहराइन र आयोजक सिंगापुर बाहिरिएका छन् ।














