काठमाडौं । एसियन गेम्स छनोटअन्तर्गत मलेसियासँगको खेलमा नेपाली ओपनर आशिफ शेखले उत्कृष्ट अर्धशतक पूरा गरेका छन् । उनले १७ बलमा पाँच छक्का र चार चौकासहित अर्धशतक पूरा गरेका हुन् ।

टी-२०आईमा आसिफको ११औँ अर्धशतक हो । करियरमा उनको यो सर्वाधिक छिटो अर्धशतक हो । आशिफ २४ बलमा ६८ रन बनाएर आउट भएका हुन् । नेपाल अहिले ११ ओभरमा १५७ रन बनाएर खेलिरहेको छ ।
नेपालका लागि अर्का ओपनर कुशल भुर्तेले ३६ बलमा ८४ रन बनाएर खेलिरहेका छन् । सन्दीप जोरा ७ बलमा ८ रन बनाए खेलिरहेका छन् ।














