Logo
Logo

कुशल भुर्तेलको शतकमा नेपालले मलेसियालाई दियो २७६ रनको विशाल लक्ष्य


567
Shares

काठमाडौं । नेपालले मलेसियालाई २७६ रनको लक्ष्य दिएको छ । एशियन गेम्स अन्तर्गत क्रिकेटतर्फको छनौट खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको हो ।

The current image has no alternative text. The file name is: kausal.jpg

नेपालका लागि ओपनर कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गर्दै ५४ बलमा १२६ रनको शतकीय पारी खेलेका थिए । कुशलको यो टी९२० खेलमा लगातार दोस्रो शतक हो ।

त्यस्तै आरिफ सेखले पनि आक्रमण ब्याटिङ गर्दै २४ बलमा ६८ रन बनाएका थिए । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले ११ बलमा ३१ रन बनाए भने सन्दीप जोराले १५ रन बनाएका थिए ।

त्यस्तै मलेसियाका बलर विरनदीप सिंहले ३ विकेट लिएभने सयेद अजिज र विजय उन्नीले २/२ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्