Logo
Logo

मलेसियामाथि नेपालको सानदार जित


378
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली समूह विजेताको रुपमा एसियन गेम्स छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सिंगापुर नेशनल क्रिकेट मैदानमा भएको खेलमा मलेसियामाथि १६७ रनको फराकिलो जित निकाल्दै नेपाली टोली समूह ‘ए’को विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।

नेपालले दिएको २७६ रनको विशाल लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ओभरमा नौ विकेटको क्षतिमा १०८ रन मात्र बनाउन सक्यो । मलेसियालाई कम स्कोरमा रोक्न शेर मल्लले तीन विकेट लिए । उनले आफ्नो स्पेलमा १४ रन खर्चे ।

त्यस्तै, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले समान एक विकेट लिए ।

मलेसियाका लागि कप्तान सयाद अजिजले सर्वाधिक ५४ रन बनाए । सरभिन मुनिएन्डीले १८ रन थपे। ओपनर मुहम्मद हजिक एमानले १३ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

त्यसअघि मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २७५ रनको विशाल योगफल तयार पारेको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले कीर्तिमानी प्रदर्शन गरे । मलेसियाविरुद्ध शतक प्रहार गरेका कुशल टी–२० आई मा नेपालका लागि लगातार दोस्रो शतक हान्ने पहिलो खेलाडी बने । कुशलले ४४ बलमा शतक पूरा गरे। उनले ४४ बलमा १० चौका र ७ छक्का सहयोगमा शतक पूरा गरेका थिए ।

मलेसियाविरुद्ध ५४ बलमा १४ चौका र ८ छक्का सहयोगमा १२६ रन बनाएका कुशल क्याच आउट हुन पुगे ।

आशिफ शेख ६८ रन बनाउँदै आउट भए । उनले २४ बलमा ५ चौका र ७ छक्का हाने । कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा १ चौका र ४ छक्का सहयोगमा ३१ रन बनाउँदा क्याच आउट हुन पुगे ।

सन्दीप जोराले १५, लोकेश बमले १० रन थपे। कुशल मल्ल ९ र सोमपाल कामी एक रनमा अविजित रहे । मलेसियाका लागि विरनदिप सिंहले तीन विकेट लिए। सयाद अजिज र विजय युन्नीले समान दुई विकेट लिए ।
नेपालसँग हारका बाबजुद पनि मलेसियाले समूह उपविजेताको रुपमा अन्तिम चारमा स्थान पक्का गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा चीनलाई हराएका नेपाल र मलेसियाले यसअघि नै एसियन गेम्समा स्थान बनाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्