Logo
Logo

परराष्ट्रमन्त्रीको भारत भ्रमणको कार्यतालिका सार्वजनिक


0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भोलिदेखि तीन दिने भारत भ्रमणमा जाने भएका छन् । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणमा खनाल नयाँ दिल्ली जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा मन्त्री खनालले भारतीय विदेशमन्त्री जयशङ्करसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् । उक्त वार्तामा व्यापार, लगानी, दुई देशबीचको सम्पर्क र सञ्जाल (कनेक्टिभिटी) विस्तार, ऊर्जा लगायतका हितका विषयमा छलफल हुनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण लगत्तै मन्त्री खनालको भ्रमण हुन लागेको हो । भारत भ्रमणमा रहेका रास्वपा सभापति लामिछाने भोलि नै स्वदेश फर्कँदै छन् ।

मन्त्रालयले सार्वजनिक गरेको तालिकाअनुसार परराष्ट्रमन्त्री खनाल आउँदो आइतवार (जेठ २४ गते) स्वदेश फर्कने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्