Logo
Logo

घट्दो नेप्सेबीच कारोबार बढ्यो, फाइनान्स समूहमा लगानीकर्ताको उत्साह


441
Shares

काठमाडौं, २२ जेठ । सेयर बजार मापक नेप्से परिसूचक शुक्रबार ११.३७ अंकले घटेको छ । बजार लगातार दोस्रो दिन पनि ओरालो लाग्दा दिनभर कुनै पनि समयमा सुधारको गति देखिएन ।

The current image has no alternative text. The file name is: share-market-dhitopatra-dalal.jpg

बजारमा ७४ कम्पनीको मूल्य बढ्दा १८४ कम्पनीको मूल्य घट्यो भने ११ कम्पनी स्थिर रहे । तर, बजार घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ४ अर्ब ७० करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ५ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।

उपसमूहगत कारोबारमा फाइनान्स समूह सबैभन्दा अगाडि देखिएको छ। यो समूह २.७७ प्रतिशतले बढ्दै चैत १५ गतेयताकै उच्च विन्दुमा पुगेको छ। होटल तथा पर्यटन र निर्जीवन बीमा समूहमा सामान्य वृद्धि देखिए पनि अधिकांश समूह भने राताम्मे रहे।

बैंकिङ, विकास बैंक, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, अन्य र व्यापार समूह घटेका छन् ।

व्यक्तिगत कम्पनीतर्फ कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढ्यो। उपकार लघुवित्त, बेस्ट फाइनान्स र सिटी होटल पनि उल्लेख्य रूपमा बढ्ने कम्पनीमा परे ।

त्यस्तै, होटल फरेस्ट इन, माबिलुङ इनर्जी, रिजलाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर मूल्य घटेको छ ।

आज धेरै कारोबार भएका कम्पनीहरूमा आँखुखोला जलविद्युत्, सिटी होटल, सेन्ट्रल फाइनान्स, रिडी पावर, रिलायन्स स्पिनिङ मिल्स र बेस्ट फाइनान्स अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस्