Logo
Logo

कास्कीका सामुदायिक विद्यालयलाई मेटलाइफ नेपालको सहयोग


0
Shares

कास्की । मेटलाइफ नेपालले कास्कीका सामुदायिक विद्यालयहरूमा खेलकुद तथा शिक्षालाई प्रवर्द्धन गर्ने नयाँ पहल सुरु गरेको छ । शिक्षा र खेलकुदमार्फत नयाँ पुस्तालाई सशक्त बनाउने उद्देश्यसहित सुरु गरिएको यस पहलअन्तर्गत मेटलाइफ नेपालले कास्कीका पाँच विद्यालयमा फुटबल सामग्री वितरण कार्य सुरु गरेको हो।

कार्यक्रम कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा सञ्चालन भइरहेको छ, जसले पहुँचबाट वञ्चित युवायुवतीलाई खेलकुद र शिक्षाको अवसर विस्तार गर्न काम गर्दै आएको छ। यस पहलमार्फत करिब १६० वटा फुटबलका साथै प्रशिक्षणका लागि आवश्यक सामग्रीहरू जस्तै कोन, गोलपोस्ट नेट, एयर पम्प तथा अन्य आधारभूत सामग्रीहरू उपलब्ध गराइनेछ।

साथै, छनोट भएका विद्यार्थीलाई जर्सी पनि प्रदान गरिनेछ, जसले विद्यालयहरूमा व्यवस्थित खेल गतिविधिलाई प्रोत्साहन गर्नुका साथै सामुदायिक शिक्षामा नियमित खेलकुद संस्कृतिलाई पुनर्जीवित गर्न मद्दत गर्नेछ।

यो कार्यक्रम शिक्षा क्षेत्रमा केन्द्रित मेटलाइफ नेपालको व्यापक संस्थागत सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत सञ्चालन गरिएको हो। विद्यालयकेन्द्रित यस पहलमार्फत मेटलाइफ र कर्मयोग फाउन्डेसनले बालबालिकालाई कक्षाकोठाको शिक्षासँगै खेलकुदबाट सिकिने टोली भावना, निष्पक्षता, धैर्यता र आपसी सम्मानजस्ता मूल्यहरू विकास गर्न सक्ने वातावरण निर्माण गर्ने लक्ष्य राखेका छन्।

प्रतिक्रिया दिनुहोस्