
गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा यदुनाथ अधिकारी निर्वाचित भएका छन् ।
शनिबार पोखरामा सम्पन्न पार्टीको जिल्ला अधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी एकराज न्यौपानेलाई १ मतले पराजित गर्दै अधिकारी सभापतिमा निर्वाचित भएका हुन् ।
उनी एक सय १५ प्राप्त गरी सभापतिमा चुनिँदा न्यौपानले एक सय १४ मत प्राप्त गरे । कुल दुई सय ९० मतदातामध्ये दुई सय ३३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनबाट जिल्ला उपसभापतिमा चिनबहादुर गुरुङ, सचिवमा विश्वराज पौडेल, सहसचिवमा सुजन बस्ताकोटी निर्वाचित भएका छन् । कोषाध्यक्ष कार्यसमितिबाट पछि मनोनयन गरिने जनाइएको छ ।














