Logo
Logo

रूपन्देही क्रिकेट सङ्घमा थापा पुनः निर्वाचित


189
Shares

काठमाडौं । रूपन्देही जिल्ला क्रिकेट सङ्घको अध्यक्षमा हरिबहादुर थापा पुनः निर्वाचित भएका छन् ।

सङ्घको ३०औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा ६९ मत प्राप्त गरी थापा निर्वाचित भएका हुन् । यसअघिको निर्वाचनमा पनि थापासँगै पराजित भएका उनका निकटतम् प्रतिस्पर्धी शक्तिप्रसाद गौचनले यसपटक ४९ मत प्राप्त गरे । सो निर्वाचनमा १२६ मतदातामध्ये ११९ मत खसेको थियो ।

मुख्य निर्वाचन अधिकृत कुलमणि ज्ञवालीका अनुसार उपाध्यक्षमा खेमराज भुसालले ६९ मत, सचिवमा उदयकुमार मल्लिकले ६८, कोषाध्यक्षमा धीरज अधिकारी क्षेत्रीले ७७ र महिला सदस्यमा उमा अधिकारीले ७७ मत मत प्राप्त गरी निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्य पदमा प्रशान्तविक्रम मल्ल, नीरजप्रताप खाँण, पुनित पोखरेल, विजयसिंह ज्ञवाली, मनोज भण्डारी, अन्तिम थापा, ज्वालेशप्रसाद प्रधान, भुवन पाण्डे, ताराप्रसाद पाठक र कृष्णकुमार कुँवर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्