Logo
Logo

एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा आज नेपाल र थाइल्याण्ड भिड्दै


315
Shares

काठमाडौं। नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कप प्रतियोगिताको क्वाटरफाइनलमा आज थाइल्याण्डको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार बिहान सवा ७ बजेदेखि सुरु हुँदै छ ।

The current image has no alternative text. The file name is: cricket-8.jpg

त्यस्तै आज अर्को क्वाटरफाइनल खेलमा हङकङले जापानको सामना गर्दै छ र यो खेल पनि बिहान सवा ७ बजेदेखि सुरु हुँदै छ ।  त्यस्तै युएईले मलेसिया र इन्डोनेसियाले ओमानसँग क्वाटरफाइनलमा खेल्ने तय भएको छ ।  यी दुवै खेल बिहान ११: ४५ बजेदेखि सुरु हुने छन् ।  १८ देशले भाग लिएको यस प्रतियोगिताबाट शीर्ष चार देश महिला एशिया कप क्रिकेटमा छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्