Logo
Logo

नेपालमा संक्रमितको संख्या २ लाख २० हजार नाघ्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ मंसिर । बिहीबार १३ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थपिएका १३ सय ४३ जनासहित संक्रमितको संख्या २ लाख ३७ हजार ४८९ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर १५ हजार ७६६ कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै बिहीबार २१ सय ११ जना डिस्चार्ज भएका छन् । योसहित निको हुनेको संख्या २ लाख २० हजार २७२ पुगेको छ ।
यस्तै नेपालमा बिहीबार कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ५१ पुगेको छ । देशभर क्वारेन्टिनमा ५७६ जना र आइसोलेसनमा १५ हजार ७६६ जनाको रहेका मन्त्रालयले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्