Logo
Logo

न्युरोड र भीमसेनगोलामा खुल्यो ‘फिस्टेल बर्गर एण्ड रोल’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ मंसिर । बर्गर र रोल पारखीका लागि ‘फिस्टेल बर्गर एण्ड रोल’ नामक क्याफे सञ्चालनमा आएको छ । काठमाडौंको व्यापारिक केन्द्र न्युरोडमा सञ्चालनमा आएको फिस्टेल बर्गर एण्ड रोलको आउटलुक पुरानो बानेश्वरस्थित भिमसेनगोलामा पनि रहेको छ । पाको न्युरोडको जोशी बिल्डिङको ग्राउण्ड फ्लोरमा रहेको फिस्टेलको मुख्य आर्कषण सस्तो र गुणस्तर हो ।

 

एकपटक ‘फिस्टेल बर्गर एण्ड रोल’को स्वाद लिइसकेपछि ग्राहकको मनै लोभ्याउने सञ्चालकको भनाइ छ । कामको चटारोले व्यस्त हुनेहरुका लागि बर्गर र रोललगायतका हल्का ‘ब्रेकफास्ट’ महत्वपूर्ण मानिन्छ । काठमाडौंको न्युरोड यस्तो बजार हो, जहाँ व्यापारीहरु बिहानैदेखि काममा व्यस्त रहन्छन् । न्युरोड किनमेल गर्न जानेहरुका लागि पनि मुख्य गन्तव्य हो । व्यस्त दैनिकी बिताइरहेका व्यापारी र ग्राहकलाई लक्षित गर्दै स्तरिय, स्वथ्यकर र सस्तोमा बर्गर हाउस सञ्चालनमा ल्याएको सञ्चालक भनाइ छ ।

दुई युवाले नेपालमै केही गरौँ भन्ने उद्देश्यले ‘फिस्टेल बर्गर एण्ड रोल’ सञ्चालनमा ल्याएका हुन् । तेह्रथुम पौन्ठाकका राजेश लिम्बू पन्धाक र तेह्रथुम फेदाप–१ का सुरेन्द्र लिम्बू कुरुम्बाङले सञ्चालनमा ल्याएको यो बर्गर सेन्टरमा बर्गर र रोलबाहेक अन्य डिससमेत उपलब्ध छ । कफि, कोल्ड ड्रिकलगायतका ब्रेकफास्टका लागि यो क्याफे ‘मिप्वोइन्ट’ बन्न सक्छ । सञ्चालकमध्ये सुरेन्द्रले भने, ‘हामी ग्राहकको चाहनालाई मध्यनजर गर्दै सेवा दिनेछौँ ।’ उनी एक अनुभवी शेफ पनि हुन् । लामो समय विभिन्न होटलमा कुकिङ गरेको अनुभवलाई बर्गर सेन्टरमा सदुपयोग गरेको उनको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस्