Logo
Logo

नेयमारले ब्राजिलको पहिलो खेल गुमाउने


2.1k
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत ब्राजिलले आइतबार बिहान ३ः४५ बजे मोरक्कोको सामना गर्दै छ । ब्राजिलले आफ्नो पहिलो खेलमा नेयमारलाई गुमाउने म्यानेजर कार्लो एन्सेलोटीले पुष्टि गरे ।

The current image has no alternative text. The file name is: neymar.jpg

३४ वर्षीय नेयमार काल्फ इन्जुरीसँग सङ्घर्ष गरिरहेका छन् । उनी अझै पूर्ण प्रशिक्षणमा फर्किएका छैनन् । बार्सिलोना र पेरिस सेन्ट–जर्मेनका पूर्व फरवार्ड समेत रहेका नेयमारले अर्को हप्ताबाट टोलीसँग प्रशिक्षण सुरु गर्ने म्यानेजर एन्सेलोटीले बताए ।

उनले जुन २० मा हाइटीविरुद्धको दोस्रो खेल पनि खेल्ने नखेल्नेमा शङ्का उत्पन्न भएको छ । ब्राजिलले जुन २४ मा स्कटल्याण्डविरुद्धको खेल खेलेर आफ्नो समूह चरणको खेल समाप्त गर्नेछ ।

एन्सेलोटीले नेयमारले सकेसम्म चाँडो निको हुन धेरै मेहनत गरिरहेका बताए उनले भने,‘ आशा छ कि उनी अर्को हप्ता निको भएर समूहमा पुनः सामेल हुनेछन् । उनलाई उनको प्राविधिक गुणस्तरको लागि मात्र होइन, तर उनको अनुभव र यस समूहका युवा खेलाडीहरूका लागि उनले स्थापित गर्न सक्ने उदाहरणको लागि पनि बोलाउँछौं ।’

चोटपटकसँग सङ्घर्ष गरिरहेका नेयमारले २०२३ देखि सेलेकाओका लागि खेलेका छैनन् तर चेल्सीका स्ट्राइकर जोआओ पेड्रो र टोटनह्यामका फरवार्ड रिचार्लिसनलाई पछि पार्दै विश्वकपको लागि छनोट भएका थिए ।

उनले १२८ खेलमा ७९ गोल गरेका छन् र पेलेको कुल ७७ गोललाई उछिन्दै ब्राजिलको कीर्तिमानी गोलकर्ता हुन् । नेयमारले २०१४, २०१८ र २०२२ का प्रतियोगिताहरूमा ब्राजिलको प्रतिनिधित्व गरिसकेका छन् । यसपालीको विश्वकपमा पनि उनी मैदानमा देखिने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्