Logo
Logo

जापान र नेदरल्यान्ड्सबीच २-२ को रोमाञ्चक बराबरी


0
Shares

काठमाडौं  । विश्वकपको समूह चरणअन्तर्गत बहुप्रतीक्षित खेलमा जापान र नेदरल्यान्ड्सले २-२ को रोमाञ्चक बराबरी खेलेका छन् । अन्तिम समयमा डाइची कामादाले गरेको गोलले जापानलाई महत्त्वपूर्ण एक अङ्क दिलाएको हो ।

The current image has no alternative text. The file name is: japan.jpg

सुरुआती हाफ अपेक्षाकृत सुस्त रह्यो । नेदरल्यान्ड्सले खेलमा बढी दबाब बनाए पनि जापानी गोलरक्षक जियोन सुजुकीले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई खेलमा टिकाइराखे । विशेषगरी डोनियल मालेनका तीन प्रहार उनले बचाएका थिए ।

दोस्रो हाफ सुरु भएपछि खेलले गति लियो । ५१औँ मिनेटमा लिभरपुलका कप्तान भर्जिल भान डाइकले रायन ग्राभेनबेर्खको क्रसमा सटीक हेडमार्फत गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । तर जापानले छिट्टै जवाफ फर्कायो । ५७औँ मिनेटमा केइतो नाकामुराको शक्तिशाली प्रहारलाई नेदरल्यान्ड्सका गोलरक्षक बार्ट फेर्ब्रुगेनले रोक्न नसक्दा खेल १–१ को बराबरीमा पुग्यो । ६४औँ मिनेटमा क्रिसेन्सियो समरभिलले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै नेदरल्यान्ड्सलाई पुनः अग्रता दिलाए ।

खेलको अन्तिम समयसम्म आक्रामक खेल प्रस्तुत गरेको जापानले ८८औँ मिनेटमा बराबरी गोल गर्न सफल भयो । कोकी ओगावाको प्रहारलाई डाइची कामादाले हल्का स्पर्शसहित जाली चुमाउँदै टोलीलाई हारबाट जोगाए । डलासमा उपस्थित हजारौँ जापानी समर्थकले अन्तिम समयमा आएको यो गोलपछि उत्साहपूर्ण रूपमा खुसी मनाएका थिए । बराबरीसँगै दुवै टोलीले विश्वकप अभियान एक–एक अंकबाट सुरु गरेका छन् ।

अब जापानले अर्को खेल जुन २१ मा ट्युनिसियासँग खेल्ने छ भने जुन २६ मा स्विडेनसँग खेल्ने तालिका छन् । त्यस्तै नेदरल्याण्डसले अर्को खेल जुन २० मा स्विडेनसँग र जुन २६ मा ट्युनिसियासँग खेल्ने तालिका छन् । 

प्रतिक्रिया दिनुहोस्