Logo
Logo

बागमती प्रदेशको ६६ अर्ब हाराहारी बजेट स्वीकृत, भौतिक पूर्वाधारलाई प्राथमिकता


378
Shares

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ६६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ।

The current image has no alternative text. The file name is: bagmati.jpg

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार उक्त बजेट मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ र प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरिएको छ। बजेटमा भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिइएको बताइएको छ।

मन्त्रिपरिषद् बैठकपछि बजेट आजै प्रदेशसभामा पेश गरिनेछ। चालु आर्थिक वर्ष २०८२र८३ का लागि बागमती प्रदेशले ६७ अर्ब ४७ करोड रुपैयाँको बजेट ल्याएको थियो।

प्रतिक्रिया दिनुहोस्