सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तयार पारेको बजेट मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ।

सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट अनुमोदन गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए ।
बैठकले कर्णाली प्रदेश आर्थिक विधेयक, २०८३ र कर्णाली प्रदेश विनियोजन विधेयक, २०८३ लाई प्रदेशसभामा पेश गर्न समेत स्वीकृति प्रदान गरेको छ ।
मन्त्रिपरिषद्को स्वीकृतिसँगै अब बजेट प्रदेशसभा बैठकमा प्रस्तुत गरिनेछ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेटमार्फत प्राथमिकता तय गर्ने तयारी गरेको जनाएको छ।














