काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज मङ्गलवार नेप्से ६.३१ अङ्कले घटेर २७०५.४५ विन्दुमा पुगेको छ ।

आज ३५५ कम्पनीका एक करोड ७ लाख ८ हजार ५९६ कित्ता सेयर ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार ८४ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र अन्य बाहेक सबै क्षेत्रको सेयर मूल्य घटेको छ ।
आज, सबैभन्दा बढी सोपान फार्माको सेयरमा सकारात्मक सर्किट लागेको छ भने अपोलो हाइड्रोको सेयर १४.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सयपत्री हाइड्रोको सेयर ४.९० प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ३१ करोड ९९ लाख बराबरको कारोबार भएको छ सिद्धार्थ बैङ्कको १८ करोड २७ लाख बराबरको कारोबार भएको छ ।














